एमालेले छान्न सकेन मन्त्री


११ फाल्गुन २०७४, शुक्रबार
cpmuml

काठमाण्डौ, ११ फागुन  : सत्तारुढ दल नेकपा एमालेले सरकारमा जाने मन्त्रीहरु छान्ने जिम्मा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ ।cpmuml

शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको एमाले स्थायी समितिको बैठले आफ्नो भागमा परेका १० मध्ये ८ मन्त्री छान्ने जिम्मा ओलीलाई दिने निर्णय गरेको हो ।

सरकार विस्तारमै केन्द्रित भएको एमाले स्थायी समिति बैठकमा मधेसवादी दललाई पनि सरकारमा ल्याउन छलफल अघि बढाउने निर्णय भएको छ । ‘सरकार विस्तारबारेमा विशेष छलफल भयो । एमाले र माओवादी केन्द्रसँगै संघीय समाजवादी नेपाल र राष्ट्रिय जनता पार्टीसँग पनि सरकार विस्तारका लािग छलफल गर्ने निर्णय भएको छ’, सचिव भट्टराईले भने ।

‘सरकारमा जाने मन्त्री छान्ने जिम्मा हामीले प्रधानमन्त्रीलाई दिएका छौं’, एमालेका सचिव तथा पार्टी प्रवक्ता योगेश भट्टराईले बैठकपछि बालुवाटारमा सञ्चारकर्मीसँग भने, ‘भूगोलको सन्तुलन, सामाजिक सन्तुलन, पार्टीमा दिएको योगना, योग्यता र क्षमता आदिको मूल्याङ्कन गरी पार्टीका अन्य नेतासँगको परामर्शमा प्रधानमन्त्रीले मन्त्री बनाउने नेता छान्नु हुनेछ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७