गाँजा र रक्सी ओसार्न एम्बुलेन्स


७ बैशाख २०७८, मंगलवार
ambulance
सांकेतिक तस्विर

धनकुटा, ७ बैसाख । बिरामी बोक्ने आकस्मिक साधन भएकाले एम्बुलेन्स सडकमा बिना रोकछेक निर्वाध सञ्चालन हुन्छन् । बन्द, हड्तालदेखि जुनसुकै अवस्थामा पनि निर्वाध सञ्चालन हुने एम्बुलेन्स ट्राफिक प्रहरीको चेकिङमा पनि खासै पर्दैनन् ।

यही मौकाको फाइदा उठाउँदै एम्बुलेन्समा अवैध सामानको ओसारपसार हुने गरेको घटना बेला बेला सार्वजनिक हुँदै आएका छन् । एम्बुलेन्समा राखेर लैजाँदै गरेको अवस्थामा धनकुटाको स्कुलडाँडाबाट सोमबार बिहान अवैध गाँजा र रक्सी बरामद भएको छ । विराटनगर सिटी हस्पिटल प्रालिको को १ च ४६१५ नम्बरको एम्बुलेन्समा राखेर विराटनगरतर्फ लैजाँदै गरेको अवस्थामा गाँजा र रक्सी फेला परेको हो ।

एम्बुलेन्सबाट प्रहरीले ३ सय ग्राम गाँजा र दुई लिटर लोकल रक्सी बरामद गरेको छ । बरामद गाँजा र रक्सीको परिणाम धेरै होइन । तर पनि अवैध ओसारपसारको सुरक्षित साधनका रुपमा बेला बेला दुरुपयोग हुने गरेको एम्बुलेन्समा भेटिएको अवैध सामानले यो एक घटना मात्र हुनसक्ने कुरामा आशंका उब्जाएको छ ।

यसले थप रहस्यको संकेत पनि गरेको छ । बिरामी बोक्ने साधनमा अवैध सामाग्री ओसारपसार गरेको भेटिएपछि प्रहरीले एम्बुलेन्ससहित चालक विराटनगर १४ का ३० वर्षीय नरेश शाह र एम्बुलेन्समा सवार श्रवण मण्डललाई नियन्त्रणमा लिएको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७