चीनले उइगुर मुसलमानहरुमाथि अमानवीय व्यवहार गरेको ह्यूमन राइट वाचको आरोप


७ बैशाख २०७८, मंगलवार
uighur muslims 1499948661

काठमाडौं, ७ बैसाख । चीनले आफ्नो देशमा रहेका अल्पसंख्य उइगुर मुसलमानहरुविरुद्ध मानवताविरोधी व्यवहार गरेको आरोप लागेको छ ।
ह्यमन राइट वाचले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार उत्तरपश्चिम चीनको सिन्ज्या प्रान्तमा रहेका उइगुर मुसलमानहरुमाथि राज्यपक्षले नै विभिन्न हिंसा गरेको छ । चीनले उइगुर र अन्य मुसलमानहरुमाथि मानवताविरोधी आपराधिक गतिविधि सञ्चालन गरेको उक्त प्रतिवेदनले औं ल्याएको हो ।

human rights watch

अल्पसंख्यकहरुलाई सामुहिक रुपमा हिरासतमा लिने, यातना दिने, सांस्कृतिक उत्पीडन गर्ने, यौन हिंसा र वंश नै नास हुने अमानविय गतिविधि गरेको प्रतिवेदनले औंल्याएको छ । ५३ पृष्ठ लामो प्रतिवदेनमा चीन सरकारले अल्पसंख्यकहरुको संरक्षणभन्दा पनि वंश विनाशका लागि मानवताविरोधी गतिविधि सञ्चालन गरेको आरोप लगाइएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

बलपूर्वक बेपत्ता पार्ने, परिवारसँग विछोड गराउने र कठोर शारिरीक श्रम गराउने लगायतका अमानविय गतिविधि गरेको प्रतिवेदनमा उल्लेख छ । सन् २०१७ देखि चीनले आफ्नो नीतिमा कडाइ गर्दै अल्पसंख्यकहरुमाथि निगरानी बढाउनका साथै नियन्त्रणमा लिएर श्रम कारवाही गर्दै आएको बताइएको छ । यस्तै अल्पसंख्यक मुसलमानहरुको बाहुल्य रहेको क्षेत्रमा चीनले मस्जिदहरु तोडफोड गर्नेलगायतका कार्य गरेको पनि प्रतिवदनमा उल्लेख छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७