भारतमा एकै दिन २ लाख ५६ हजार बढीमा कोरोना संक्रमण, १,७५७ जनाको मृत्यु

भारतले १८ वर्षभन्दा कम उमेरका सबैलाई कोरोना खोप दिने


७ बैशाख २०७८, मंगलवार
korona india

नयाँदिल्ली, ७ बैसाख । भारतमा पछिल्लो २४ घण्टामा २ लाख ५६ हजारभन्दा धेरै कोरोना सङ्क्रमित थपिएका छन् ।
यो एकै दिन सङ्क्रमित हुनेको संख्या अहिलेसम्मकै धेरै हो । यस्तै भारतमा पछिल्लो २४ घण्टामा १ हजार ७ सय ५७ जनाभन्दा धेरैको ज्यान गएको छ ।

योसँगै कोरोनाका कारण भारतमा ज्यान गुमाउनेको संख्या १ लाख ८० हजार ५ सय ५० पुगेको छ । यस्तै कोरोना सङ्क्रमितको संख्या अस्वाभाविक रुपमा बढेसँगै भारतको केरला राज्यमा रात्रिकालीन कर्फ्यु लगाउने घोषणा भएको छ । आज रातिदेखि लागू हुने गरेर केरला सरकारले राति ९ बजेदेखि बिहान ५ बजेसम्मका लागि रात्रिकालीन कर्फ्युको घोषणा गरेको हो ।

भारतले १८ वर्षभन्दा कम उमेरका सबैलाई कोरोना खोप दिने
भारत सरकारले १८ वर्षभन्दा कम उमेरका व्यक्तिलाई पनि पनि कोरोना भाइरसविरुद्धको खोप लगाउने घोषणा गरेको छ । यो निर्णय मे महिनाको एक तारिखदेखि लागु हुने छ । प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको एक बैठकले सोमबार गरेको निर्णयअनुसार एक मेदेखि १८ वर्षभन्दा कम उमेरका हरेक व्यक्तिलाई कोरोनाविरुद्धको खोप दिइने छ । यसअघि ४५ वर्षभन्दा बढी उमेरकालाई मात्रै कोरोनाविरुद्धको खोप लगाइएको थियो ।

एक मेदेखि भारतमा कोरोनाविरुद्धको खोप अभियानको तेस्रो चरण सुरु हुने छ । यो चरणमा खोप लगाउने कार्यलाई तीव्रता दिने र त्यसको दायरा पनि बढाउने निर्णय सरकारले गरेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

भारतमा कोरोनाविरुद्धको खोप अभियानको पहिलो चरण १६ जनवरीदेखि सुरु भएको थियो । सुरुमा स्वास्थ्यकर्मी र फ्रन्टलाइनमा खटिएकाहरुलाई दिइएको थियो । खोपको दोस्रो चरण १ मार्चदेखि सुरु भएको थियो । दोस्रो चरणमा ४५ वर्षभन्दा माथिका लागि मात्रै खोप दिइएको थियो । सुरुमा भारत बायोटेक र सिरम इन्सटिच्युटको खोपलाई भारतले अनुमति दिएको थियो । पछिल्लो पटक विदेशमा बनेको स्पुततिक भ्याक्सिनलाई पनि आपतकालीन प्रयोगको अनुमति भारतले दिएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७