आज नेपाल र नेदरल्याण्ड्स भिड्दै


७ बैशाख २०७८, मंगलवार
asif sekha kusal bhurtel and dipendra singh airee

काठमाडौं, ७ बैसाख । काठमाडौंमा जारी त्रिकोणात्मक ट्वेन्टी ट्वेन्टी क्रिकेट श्रृंखलामा आज (मंगलबार) नेपालले नेदरल्याण्ड्सको सामना गर्नेछ ।

प्रतियोगितामा लगातार दुई खेल जितेको नेपाल आज तेस्रो जितको खोजीमा छ । उता नेदरल्याण्ड्स पनि पहिलो खेलमा नेपालसँग भोगेको हारको बदला लिने अभियानमा रहेको छ । प्रतियोगिताको उद्घाटन खेलमा नेदरल्याण्ड्सलाई ९ विकेटले हराएको नेपालले दोस्रो खेलमा हिजो मलेसियालाई पनि समान ९ विकेटले नैं पाखा लगायो ।

कीर्तीपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले १६ ओभर ५ बलमा अलआउट हुँदै १ सय ९ रन मात्र बनाउन सक्यो । मलेसियालाई सस्तैमा समेट्न नेपालका करण केसीले ३, सन्दीप लामिछानेले २ तथा सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, शहाब आलम र कुशल मल्लले १–१ विकेट लिए ।

जवाफमा १ सय १० रनको लक्ष्य नेपालले १२ ओभर १ बलमा १ विकेट गुमाएर पूरा गर्‍यो । नेपालका लागि लगातार दोस्रो अर्धशतक बनाउने क्रममा प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेलले अविजित ६१ रन बनाए । पहिलो विकेटका लागि एक सय दुई रनको साझेदारी गर्ने क्रममा आसिफ शेखले ४२ रन जोडे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७