मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्तावको तयारी


७ बैशाख २०७८, मंगलवार
Sherdhan Rai

विराटनगर, ७ बैसाख । प्रतिपक्षी दलहरुले प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी थालेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र माओवादीसहितका विपक्षी दलहरुले राईविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी थालेका हुन् ।

प्रमुख विपक्षी दल कांग्रेस, विपक्षी दलहरू माओवादी केन्द्र, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसहितका दलहरुले मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी थालेका हुन् । मुख्यमन्त्री राईविरुद्ध गत पुस १२ मा तत्कालीन नेकपाका सांसदहरुले अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।

त्यसपछि प्रस्ताव टेबल हुन नदिन मुख्यमन्त्रीसहितका सरकार पक्षका सांसदले बैठक अवरोध गर्दै आएका थिए । सर्वोच्च अदालतले एमाले र माओवादीलाई पूर्ववत अवस्थामा फर्काइदिएपछि अविश्वास प्रस्ताव माओवादी केन्द्रले फिर्ता लिएको थियो । ९३ सदस्सीय संसदमा एमालेसँग सभामुखसहित ५१ सदस्य छन् ।

कांग्रेससँग २१, माओवादीसँग १५, जसपासँग ३ र संघीय लोकतान्त्रिक मञ्चसँग १ गरी ४० जना सांसद छन् । माओवादीले टंक आङबुहाङलाई सांसद पदबाट हटाएपछि संसदमा ९२ सदस्य छन् । बहुमतका लागि ४६ मत आवश्यक पर्छ । जुन संख्या विपक्षीहरुसँग पुग्दैन । तर, झलनाथ–माधव पक्षले फ्लोर क्रस गरेर अविश्वासको प्रस्ताब गर्ने तयारी गरीएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७