संसदको हिउँदे अधिवेशन हठात अन्त्य गर्ने ओलीको कदम निरंकुश शैली : जनमोर्चा


७ बैशाख २०७८, मंगलवार
chitra bahadur kc
फाइल फोटो

काठमाडौं, ७ बैसाख । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको जारी हिउँदे अधिवेशन अन्त्य गरेकोप्रति राष्ट्रिय जनमोर्चाले विरोध जनाएको छ । चित्रबहादुर केसी नेतृत्वको जनमोर्चाका प्रवक्ता रामप्रकाश पुरीले आज (मंगलबार) एक विज्ञप्ति जारी गर्दै संसद पुनस्र्थापना भए पनि ओली पुनस्र्थापित संसदकोविरुद्ध रहँदै आएको आरोप लगाइएको छ ।

‘संसदमा सरकारका विषयमा उठेका सवालहरुको जवाफ दिनु सरकार प्रमुखको नाताले प्रधानमन्त्रीको दायित्व हुन्छ । संसदीय परम्परा अनुसार पनि त्यसको जवाफ नदिई संसदको नियमित बैठकका लागि तोकिएको मितिमा बैठक बस्न नदिई हठात रुपमा संसद अधिवेशनको अन्त गरेका छन् । उनको यो अधिनायकवादी तथा निरंकुश कदमको हामी घोर विरोध तथा भत्र्सना गर्दछौं, यो निरंकुश कदम हो’ जनमोर्चाले भनेको छ ।

यस्तै संसद भंग गर्ने शर्तमा ओली अन्य शक्तिहरूको जुनसुकै शर्त मान्ने स्तरसम्म झरेको आरोप पनि जनमोर्चाले लगाएको छ । ‘संसदको पुनस्र्थापना भए पनि ओली पुनस्र्थापित संसदका समेत विरुद्ध रहँदै आएका छन्’, विज्ञप्तिमा भनिएको छ, ‘पुनस्र्थापित संसदलाई निष्प्रभावी बनाउने उद्देश्यले सरकारले संसद अधिवेशन शुरु भएदेखि नै संसदलाई कुनै बिजिनेस (काम) नै नदिई पङ्गु बनाउने र संसदले उठाएका विषयमा कुनै सुनुवाई नै नगरी अधिनायकवादी शैली अपनाएका थिए र छन् । त्यही नीतिको परिणाम संसद भंग गर्ने शर्तमा ओली अन्य शक्तिहरूको जुनसुकै शर्त मान्ने स्तरसम्म झरेका छन् ।’

विद्यमान संसदप्रति ओलीको नकारात्मक दृष्टिकोणको परिणाम नै संसद अधिवेशनको अवधिभर संसदमा उठेका विषयहरुको जवाफ नै नदिई ओलीले संसद अधिवेशन अन्त्य गरेको पनि जनमोर्चाको आरोप छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७