लोड गरेको पेस्तोलसहित युवक पक्राउ


७ बैशाख २०७८, मंगलवार
pestol
प्रतिकात्मक तस्विर

नवलपरासी, ७ बैसाख । पश्चिम नवलपरासीमा एक थान पेस्तोलसहित एक जना पक्राउ परेका छन् । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ तरेनी निवासी २२ वर्षीय सुनिल भेडिहारलाई रामनगर प्रहरी चौकीले सोमबार लोड गरेको पेस्तोल सहित पक्राउ गरेको छ ।
सोमबार बिहान नेपाल भारत सीमा क्षेत्र सुस्ता गाउँपालिका– ५ रामनगरमा पर्ने ४ नं ठोकरमा भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा पक्राउ गरेको हो ।

भारतीय नम्बर प्लेटको युपी ५७ ए जेड ५०१९ नम्बरको मोट स्थित भारत तर्फबाट नेपालतर्फ आउदै गरेका उनलाई प्रहरीले चेकजाँच गर्ने क्रममा पेस्तोल सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक राजु लामाले बताए ।

प्रहरीले उनको साथबाट एक राउण्ड चेम्बर लोड भएका टाइप ५४ जस्तो देखिने म्याग्जिन सहितको पेस्तोल बरामद गरी सार्वजनिक गरेको छ । पक्राउ परेका सुनिल भेडिहारलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७