संघ र प्रदेशका ३२ सांसदलाई स्पष्टिकरण सोध्ने एमालेको तयारी (सूचीसहित)


७ बैशाख २०७८, मंगलवार
madhav nepal bhim rawal surendra ghanshyam

काठमाडौं, ७ बैसाख । नेकपा एमालेले संघ र प्रदेशका गरी ३२ सांसदलाई स्पष्टिकरण सोध्ने तयारी गरेको छ । पार्टी हित विपरीत गतिविधि गरेको भन्दै संघका २७ र प्रदेशका पाँच सांसदलाई सोध्न लागिएको स्पष्टिकरणमा दुई दिनभित्र जवाफ दिन आग्रह गरिएको छ ।

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई दुई दिनको र अन्य सांसदलाई तीन दिनमा स्पष्टिकरण दिने निर्देशनसहितको पत्र आज वितरण गर्न लागिएको स्रोतले जानकारी दिएको छ ।

‘स्पष्टिकरण सोधिने सांसदहरूको सूची गए राति तयार भएको छ’ स्रोतले भन्यो, ‘चित्त बुझ्दो जवाफ नआएमा १० गतेको केन्द्रीय कमिटीको बैठकबाट उहाँहरूलाई पार्टीको साधारण सदस्य र सांसद पदबाट पनि निश्कासन गर्ने तयारी छ ।’
हेर्नुस् स्पष्टिकरण सोध्नका लागि तयारी गरिएको सूची

१) माधवकुमार नेपाल

२) भीम रावल

३) सुरेन्द्र पाण्डे

४) घनश्याम भुसाल

५) पवित्रा निरौला

६) झपट रावल

७) मेटमणि चौधरी

८) यज्ञराज सुनुवार

९) जीवनराम श्रेष्ठ

१०) झलनाथ खनाल

११) विरोध खतिवडा

१२) सोमप्रसाद पाण्डे

१३) भवानी खापुङ

१४) नारायण खतिवडा

१५) जयकुमार राई

१६) गणेश पहाडी

१७) दिपकप्रकाश भट्ट

१८) योगेशकुमार भट्टराई

१९) हिराचन्द्र केसी

२०) पुष्पाकुमारी कर्ण कायस्थ

२१) कल्याणी खड्का

२२) लक्ष्मीकुमारी चौधरी

२३) सरलाकुमारी यादव

२४) कृष्णलाल महर्जन

२५) नीरादेवी जैरु

२६) मुकुन्द नेउपाने

२७) रामकुमारी झाक्री

कर्णाली प्रदेशका सांसद

१) प्रकाश ज्वाला

२) नन्दसिंह बुढा

३) कुर्मराज शाही

४) अम्बरबहादुर थापा

५) देवी ओली

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७