भारतको कुम्भमेलाबाट फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना संक्रमण


७ बैशाख २०७८, मंगलवार
Gyanendra komal

काठमाडौं, ७ बैसाख । पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोभिड–१९ संक्रमण भएको छ । भारतको हरिद्वारमा गंगा स्नान (कुम्भ मेला) बाट स्वदेश फर्किएका उनीहरुले कोरोना संक्रमण परीक्षण गराएका थिए ।

उक्त परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ । उनीहरुको कन्ट्याक्ट ट्रेसिङ शुरु गरिएको मन्त्रालय स्रोतले बताएको छ । हरिद्वारमा गंगा स्थान गरेका धेरै भारतीय भक्तजनमा कोरोना संक्रमण भइसकेको छ । पूर्व राजा ज्ञानेन्द्र भारतबाट स्वदेश फर्किदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समर्थकको ठूलो भिड लागेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७