सरकारलाई दिएको समर्थन फिर्ता लिने भनिएको माओवादीको केन्द्रको स्थायी कमिटी बैठक शुरु


७ बैशाख २०७८, मंगलवार
mao

काठमाडौं, ७ बैसाख । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा शुरु भएको छ । बैठकमा पछिल्लो राजनीतिक परिस्थिति र केन्द्रीय कमिटी बैठकका विषयमा छलफल हुने नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

सरकारले संसद्को चालू अधिवेशन अन्त्य गरेपछि अन्य राजनीतिक दलसँग छलफल गर्नुपर्ने भएको भन्दै सोमबार तय भएको स्थायी कमिटी बैठक स्थगित गरिएको थियो । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्को चालू अधिवेशन अन्त्य गरेकी थिइन् ।

माओवादी, कांग्रेस र जसपाको बाबुराम भट्टराई र उपेन्द्र यादवको समूह ओली नेतृत्वको सरकार ढालेर नयाँ सरकार बनाउने कसरतमा छन् । माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । यसबारे पनि जारी बैठकमा छलफल हुने भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७