नेपालको जनसंख्या भन्दा ७० लाख बढी मोबाइल ग्राहक !


११ फाल्गुन २०७४, शुक्रबार
mobile 1
फाइल फोटो

काठमाण्डौं, ११ फागुन : केन्द्रीय तथ्यांक विभाग (सीबीएस)को पछिल्लो तथ्याङ्कअनुसार नेपालको जनसंख्या २ करोड ८९ लाख ८० हजार छ । यसमध्ये ४० लाखभन्दा बढी वैदेशिक रोजगारीमा भएको अनुमान गरिएको छ भने ५ लाखभन्दा बढी नेपाली विद्यार्थीका रुपमा संसारका विभिन्न मुलुकमा छन् । यस्तै, सिजनल रोजगारीका लागि भारतका विभिन्न सहरमा रोजगारीका लागि जानेको संख्या पनि २० लाखभन्दा बढी रहेको बताइन्छ । यसरी हेर्दा नेपालमा कति जनसंख्याको बसोबास छ भन्ने एकिन गर्न निकै कठिन छ । तर, नेपालमा दूरसञ्चार क्षेत्रका ग्राहक भने कूल जनसंख्याभन्दा बढी देखिन्छन् ।mobile 1

दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार ३ करोड ५९ लाख १२ हजार सिमकार्ड बिक्री भइसकेको छ । यसरी हेर्दा नेपालको जनसंख्याभन्दा ७० लाख बढी मोबाइल सिमकार्ड वितरण भएको छ । सूचना तथा सञ्चार प्रविधिमा भएको तीव्र विकास र विस्तारले आम मानिसको जीवनशैलीमा उल्लेख्य परिवर्तन ल्याएको छ । प्रविधिले मानिसको आनिबानीमा परिवर्तनमात्रै ल्याएको छैन, दैनिक जीवनयापन पनि सरल र सहज बनाएको छ । अन्य भौतिक वस्तुबाट सहजै टाढा रहनसक्ने मानिस अहिले मोबाइलबाट एकैछिन टाढा रहँदा आफूलाई नै अहसज महशुस गर्ने अवस्थामा छ ।

यहि जनसंख्या र सिमकार्डलाई आधार मान्दा अहिले कुल जनसंख्याभन्दा झन्डै ७० लाख मोबाइल सिमकार्ड धेरै छन् । ल्यान्डलाइनसहित गरी नेपालमा ३ करोड ७५ लाख ७६ हजार प्रयोगकर्ता छन् । प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो म्यानेजमेन्ट इन्फरमेसन सिस्टम (एमआईएस)अनुसार कुल ९६ प्रतिशत मोबाइलको बजार हिस्सा छ भने २ प्रतिशत फिक्स्ड र २ प्रतिशत अन्य सेवाको हिस्सा रहेकोे छ ।
सेवा प्रदायकहरूको आधारमा हेर्दा नेपाल टेलिकम ४९, एनसेल ४४, स्मार्ट टेलिकम ५, युटिएल १ र अन्य कम्पनीको २ प्रतिशत बजार हिस्सा छ ।

दुई ठूला सेवा प्रदायक नेपाल टेलिकम र एनसेलबीच बढ्दो प्रतिस्पर्धा छ भने यीनै कम्पनी को पहिलो बन्ने भन्नेमा चर्काे प्रतिस्पर्धामा छन् । एमआईएसलाई आधार मान्दा नेपाल टेलिकम अगाडि छ भने सक्रिय ग्राहकका हिसाबले एनसेल अगाडि रहेको प्राधिकरणले जनाएको छ । पछिल्लो आधा दशकयता मोबाइल सेवा लिने ग्राहकको संख्या बढेको छ भने सेवा प्रदायक कम्पनीहरूले पनि यसको बजारीकरणका लागि नयाँनयाँ योजनाहरू सार्वजनिक गर्दे आएका छन् ।

नेपालमा सबै सेवा प्रदायकका ग्राहक मासिक ३ देखी ५ लाख सम्म थपिन्छन् । ठूला मोबाइल सेवा प्रदायक कम्पनीहरू एनसेल र नेपाल टेलिकमको अन्तर नेटवर्कमा हुने कल महँगो भएकोले पनि ग्राहकहरू दोहोरो सिमकार्ड लिन बाध्य भएका छन् । सहरी क्षेत्रमा अधिकांशले दाहोरो मोबाइल प्रयोग गर्ने प्रवृत्ति बढेकोले ग्राहक बढे पनि दुर्गम ग्रामीण क्षेत्रमा मोबाइल सेवा पुग्न अझै बाँकी छ । प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले एउटै सिमकार्डबाट सेवा प्रदायक छान्न सकिने सुविधा ‘नम्वर पोर्टे्बिलिटि’ लागू भएपछि दोहोरो सिमकार्ड बोक्नुपर्ने बाध्यता हट्ने बताए ।

सेवाप्रदायक र मोबाइल ग्राहक संख्यानेपाल टेलिकम १ करोड ८५ लाखएनसेल १ करोड ६४ लाख स्मार्ट टेलिकम १७ लाख २४ हजारयूटीएल ५ लाख २६ हजारनेपाल स्याटेलाइट ३ लाख २८ हजारसीजी कम्युनिकेसन २ हजारस्रोत–नेपाल दूरसञ्चार प्राधिकरण० मार्फत गर्नुपर्ने व्यवस्था बमोजिम लक्ष्मी बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि ऋ(ब्क्द्यब्सेवाको सुरुवात गरेको छ । बैंकबाट सि–आस्बा रजिष्ट्रेसन नम्बर ९ऋच्ल्०प्राप्त गर्ने ग्राहकहरुले कुनै पनि शाखामा सम्पर्क राखी सो सेवा लिन सक्ने खबर कारोबारले छापेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७