कुशल भुर्तेलको लगातार तेस्रो अर्धशतक


७ बैशाख २०७८, मंगलवार
5aa7698357a093cfdee0dffd85c659df w1000 h500 cp

काठमाडौं, ७ बैसाख । त्रिदेशीय टी–२० क्रिकेट श्रृङ्खला अन्तर्गत नेदरल्याण्ड्ससँगको खेलमा नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका छन् ।

प्रतियोगिताको चौथो खेलमा कुशल ४६ बलमा ६२ रन बनाएर आउट भए । उनले एक छक्का र आठ चौका प्रहार गरे । कुशललाई १४ ओभर तीन बलमा नेदरल्याण्ड्सका भिभियान किङ्गमाले आउट गरे ।

प्रतियोगितामा कुशलको यो लगातार तेस्रो अर्धशतक हो । यही श्रृङ्खलाबाट टी–२० क्रिकेटमा डेब्यू गरेका कुशलले पहिलो खेलमा नेदरल्याड्सविरुद्ध ६२ रन र दोस्रो खेलमा मलेसियाविरुद्ध अविजति ६१ रन बनाएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७