बस र ट्रक ठोक्किँदा एक जनाको मृत्यु, २१ जना घाइते


७ बैशाख २०७८, मंगलवार
acc 1

कपिलवस्तु, ७ बैसाख । कपिलवस्तुको बुद्धभूमि–९ मा मंगलबार बस र ट्रक आपसमा ठोक्किँदा एक जनाको मृत्युु भएको छ भने २१ जना घाइते भएका छन् ।

बुटवलबाट कृष्णनगर जाँदै गरेको लु १ ख ५६८४ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ४ ख ३०१२ नम्बरको ट्रक बिहान १०ः५० बजेको समयमा आपसमा ठोक्किएको कपिलवस्तुका प्रहरी प्रवक्ता डिएसपी धर्मराज भण्डारीले जानकारी दिए ।

दुर्घटनामा बसका चालक वाणगंगा नगरपालिका–१ का २९ वर्षीय कृष्णबहादुर कुँवरको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ट्रकका चालकसहित २५ जना घाइते भएकोमा पाँच जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । सामान्य चोट लागेकालाई स्थानीय बुद्ध पोलीक्लिनिक, चौराह अस्पताल लगायत स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको छ । अन्यलाई थप उपचारका लागि बुटवल पठाइएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७