मध्य भोटेकोशी जलविद्युत् कम्पनीले पायो आईपीओ निष्कासन अनुमति


७ बैशाख २०७८, मंगलवार
IPObanking

काठमाडौं, ७ बैसाख । नेपाल धितोपत्र बोर्ड मध्य भोटेकोशी जलविद्युत् कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ । बोर्डले यही वैशाख ५ गते कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको हो ।

कम्पनीले गत माघ ७ गते प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यको १ अर्ब ५० करोड रुपैयाँ बराबरको १ करोड ५० लाख कित्ता साधारण सेयर निष्कासनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको थियो । चिलिमेको सहायक कम्पनी मध्य भोटेकाशीले सिन्धुपाल्चोकमा १०२ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । सञ्चषकोषका सञ्चयकर्ताको लागि कम्पनीले यसअघि नै सेयर जारी गरिसकेको छ ।

भूकम्प, बाढी र पहिरो तथा कोरोनाले गर्दा आयोजना निर्माणमा ढिलाइ भएको आयोजनाको प्रगति ७० प्रतिशत भएको छ । २५ प्रतिशत सेयर जारी गर्न लागेको कम्पनीले सुरुमा १० प्रतिशत सिन्धुपाल्चोकका स्थानीयलाई बिक्री गर्नेछ भने १५ प्रतिशत दोस्रो चरणमा सर्वसाधारणमा बिक्री गर्नेछ । कम्पनीले बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटललाई नियुक्त गरेको छ । आयोजनाबाट वार्षिक दुई अर्ब ९० करोड युनिट विद्युत् उत्पादन हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७