त्रिकोणात्मक सिरिज : सन्दीपले लिए दोस्रो विकेट


७ बैशाख २०७८, मंगलवार
sandeep

काठमाडौं, ७ बैसाख । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत अहिले नेपाल र नेदरल्याण्ड्स भिडिरहेका छन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले दिएको २०७ रनको बलियो लक्ष्य पछ्याइरहेको नेदरल्याण्ड्सले आफ्नो दोस्रो विकेट गुमाएको छ । नेपालका सन्दीप लामिछानेले दोस्रो विकेट लिएका छन् । छैटौं ओभरको तेस्रो बलमा उनले टोभियस भीसेलाई स्टम्पिङ आउट गराएका हुन् । उनले १५ रन बनाए ।

सन्दीपले नै नेपालका लागि पहिलो विकेट लिएका थिए । सन्दीपले दोस्रो ओभरको तेस्रो बलमा म्याक्स ओ’डोडलाई एलबीडब्लू आउट गराएका हुन् । ओ’डोडले ९ रन बनाएर आउट भए ।

६ ओभरको समाप्तीमा नेदरल्यान्ड्सले २ विकेट गुमाएर ७१ रन बनाएको छ । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २०६ रन बनाएको थियो । आजको खेलमा जित निकाल्दै नेपाल फाइनलमा पुग्ने योजनामा छ । यसअघिका दुई खेलमा नेपाल विजयी भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७