निर्वाचन घोषणा हुने तर, नगर्ने खतरा छ : माओवादी केन्द्र

‘सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता लिन मात्र बाँकी’


७ बैशाख २०७८, मंगलवार
narayan kaji narayankaji iCWYSqRmlY

काठमाडौं, ७ बैसाख । नेकपा माओवादी केन्द्रले केपी ओली सरकारले चुनाव घोषणा गर्ने तर, नहुने अवस्था आउनसक्ने बताएको छ ।
आज (मंगलबार) पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी वैठकले यस्तो निष्कर्ष निकालेको हो । आजको वैठकले विभिन्न ६ एजेण्डा तय गरेको छ । पार्टी कार्यालय कोटेश्वरमा मंगलबार बसेको स्थायी कमिटी बैठकले कार्यसूची तयार परेको हो ।

एजेन्डाको रूपमा रिपोर्टिङ, पार्टी विधान, सङ्गठनात्मक कार्यदलको काम, आगामी केन्द्रीय कमिटी बैठक, नयाँ सरकार गठन र वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता तथा विविध तय गरिएको छ । अर्को बैठक बुधबार दिउँसो कोटेश्वरमा बस्ने छ । हठात् अस्वाभाविक ढङ्गले प्रतिनिधिसभाको अधिवेशन अन्त्य गरेको भन्दै बैठकले भत्र्सना गरेको छ ।

कोभिड– १९ को दोस्रो लहर देखापरेको भन्दै माओवादीले कोरोना नियन्त्रणमा लाग्न आह्वान गरेको छ । सरकारले आफैले गरेको निर्णय विपरीत भिडभाड हुने काम गरेको भन्दै माओवादी केन्द्रले निन्दा गरेको छ । बैठकपछि नेता नारायणकाजी श्रेष्ठले राष्ट्रियताका लागि पनि वर्तमान सरकार परिवर्तन आवश्यक रहेको बताए । ओली नेतृत्वको सरकार हटाएर नयाँ सरकार बनाउन पहल भइरहेको उनले बताए ।

संवैधानिक रूपमा निर्वाचन हुने अवस्था बने आफूहरूलाई मान्य हुने उनले बताए । ओली सरकारले निर्वाचन घोषणा हुने, तर निर्वाचन नगर्ने खतरा पनि उत्तिकै रहेको उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७