डेढ अर्बको आइपिओ ल्याउन मध्य-भोटेकोसीले पायो अनुमति


७ बैशाख २०७८, मंगलवार
IPO

काठमाडौं ७ बैशाख । मध्यभोटेकोसी जलविद्युत आयोजनाले आइपिओ निष्कासनको अनुमति पाएको छ।   मध्य भोटेकोशी जलविद्युत कम्पनीलाई नेपाल धितोपत्र बोर्डले १ करोड ५० लाख कित्ता आइपीओ जारी गर्न अनुमति दिएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १ अर्ब ५० करोड रुपैयाँ बराबरको १ करोड ५० लाख कित्ता आइपीओ ल्याउन अनुमति पाएको हो ।यसमध्ये स्थानीय बासिन्दाको लागि ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता ९१०५० र सर्वसाधारणले ९० करोड रुपैयाँको ९० लाख कित्ता ९१५५० सेयर पाउनेछन् ।

यसमा बिक्री प्रकन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ । केयर रेटिङ नेपालले यो आइपीओलाई ‘ग्रेड ४ प्लस’ रेटिङ दिएको छ । यस आधारमा मध्ये भोटेकोशीले औसत भन्दा कम आधार जनाउने रेटिङ पाएको हो । यता, कम्पनीले केही समयअघि स्थानीय र सर्वसाधारणमा जारी हुने यस सेयरका लागि नागरिक लगानी कोषसँग प्रत्याभूति ९अण्डरराइटिङ० समेत गरिसकेको छ । अर्थात्, कुनै कारणबश यो सेयर बिक्री नभएमा नागरिक लगानी कोषले व्यहोर्नुपर्नेछ ।

कम्पनीले यसअघि २ चरण गरी कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताका, सञ्चय कोषका कर्मचारी, संस्थापक सेयरधनी संस्थाका कर्मचारीलाई सेयर बिक्री खुला गरेको थियो ।यसरी बिक्री गरिएको सेयर बाँडफाँट समेत भइसकेको छ । कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताका लागि १ लाख १७ हजार कित्ता, संस्थापक सेयरधनी संस्थाका कर्मचारीहरुको लागि २१ लाख कित्ता र सञ्चय कोषका कर्मचारीका लागि ६ लाख कित्ता निष्कासन गरिएको हो ।

मध्ये भोटेकोशी जलविद्युत सन् २०१० मा स्थापना भएको कम्पनी हो । यसले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावटको मध्ये भोटेकोशी आयेजना निर्माण गरिरहेको छ । यस कम्पनीको चुक्ता पुँजी करिब ६ अर्ब छ । यस्तै, सर्वसाधारण र संस्थापकको सेयर हिस्सा ५१ः४९ रहने पनि कम्पनीले जानकारी गराएको छ । यस परियोजनाको प्रतिमेगावट लागत १६ करोड ७० लाख रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७