कोरोनाबाट सर्वोच्च शिखर सगरमाथा समेत असुरक्षित, पहिलोपल्ट आरोहण टोलीका एक सदस्य संक्रमण


८ बैशाख २०७८, बुधबार
sagarmatha

काठमाडौं, ८ बैसाख । कोरोना भाइरस संक्रमणबाट विश्वकै सर्वोच्च शिखर सगरमाथा समेत असुरक्षित देखिएको छ । विश्वको सर्वाेच्च शिखर सगरमाथाको बेस क्याम्पसमा पहिलोपल्ट कोरोना संक्रमण पुगेको पाइएको छ ।

सगरमाथा आरोहणका लागि बेस क्याम्पस पुगेको टोलीका एक सदस्यलाई कोरोना भाइरस पोजिटिभ पाइएको स्रोतले जानकारी दिएको छ ।
आरोहण टोलीका ती सदस्यलाई शुरुमा हाइ अल्टिच्युड पल्मोनरी एडिमा (उच्च भू–भागमा जाँदा देखिने स्वास्थ्य समस्या) भएको शंका गरिएको थियो । तर काठमाडौं ल्याएर उनको स्वाब परीक्षण गर्दा कोरोना भाइरस रहेको पुष्टि भएको हो ।

उनी संक्रमित देखिएपछि उनी संलग्न आरोहण टोली नै अहिले बेस क्याम्पमा क्वारेन्टिन बसेको बताइएको छ । यो घटनासँगै सगरमाथा आरोहण, शेर्पा समुदायको अर्थाेपार्जन र स्वास्थ्य दुवैमा असर पार्ने देखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७