धौलागिरि हिमालको बेसक्याम्पमा ८२ वर्षीय कार्लाेस, शिखर चुम्ने लक्ष्य (भिडियो)


८ बैशाख २०७८, बुधबार
base camp carlos soria

काठमाडौं, ८ बैसाख । स्पेनका नागरिक ८२ वर्षिय कार्लोस सोरिया धौलागिरी हिमाल आरोहणका लागि आधार शिविर (बेस क्याम्प) पुगेका छन् । पाका पर्वतारोही कार्लोसले आफू धौलागिरिको आधार शिविर पुगेको भिडियो समेत बनाएका छन् । ८२ वर्षको उमेरमा ८ हजार मिटरभन्दा अग्ला १४ हिमाल आरोहण गरी कीर्तिमान बनाउने उनको सपना छ ।

अहिलेसम्म उनले ८ हजार मिटरभन्दा अग्ला १२ वटा हिमाल आरोहण गरिसकेको बताइएको छ । उनले यसयघि पनि धौलागिरिको शिखर पुग्ने प्रयास गरेका थिए । तर सफल भएन । यसैकारण अहिले पुनः उनी धौलागिरि आरोहण गर्न आएका हुन् । कार्लेसले सगरमाथा, कञ्चनजङघा आरोहण गरिसकेका छन् । उनलाई धवलागिरि हिमाल नौलो होइन ।

सन् १९९८ मा उनको पहिलो प्रयास थियो । दुई दशकयता १० औं पटक आरोहण गर्दा पनि कार्लोस् धौलागिरिको शिखरमा पुग्न सकेका छैनन् । उनी ८ हजार ५० मिटर उचाइसम्म पुगे तर ११७ मिटरमाथि पुग्न नसक्दा चुचुरो टेक्ने सपना अधुरै छ । यसपटक भने सफल हुनेमा उनी विश्वस्त रहेका छन् ।

भिडियो

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७