भारतमा एकै दिन झण्डै ३ लाख संक्रमित, २ हजार बढीको मृत्यु


८ बैशाख २०७८, बुधबार
korona india 1

नयाँदिल्ली, ८ बैसाख । भारतमा कोरोना भाइरस संक्रमणको महामारी नियन्त्रण बाहिर जान थालेको छ । भारतमा एकै दिन झण्डै ३ लाख जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा २ लाख ९४ हजार २९० जनालाई सङ्क्रमण भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

विश्वमा अहिले सबैभन्दा धेरै भारतमा सङ्क्रमण फैलिरहेको छ । गएको २४ घण्टामा अमेरिकामा ६० हजार २ सय ८२ जनामा र ब्राजिलमा ७३ हजार १७२ जनामा सङ्क्रमण देखिएको छ । अमेरिका विश्वमै कोरोनाबाट प्रभावित देशको पहिलो स्थानमा छ भने भारत दोस्रो तथा ब्राजिल तेस्रो स्थानमा छन् ।

यस्तै भारतमा कोरोना भाइरसको सङ्क्रमणबाट दैनिक ज्यान गुमाउनेको संख्यामा पनि नयाँ रेकर्ड बनेको छ । गएको २४ घण्टामा २ हजार २१ जनाको ज्यान गएको छ । भारतको महाराष्ट्र, दिल्ली, गुजरात, कर्नाटका, उत्तर प्रदेशलगायत राज्यमा कोरोना तीव्र गतिमा फैलिइरहेको छ । भारतमा अहिलेसम्म १ करोड ५६ लाख भन्दा धेरैलाई सङ्क्रमण भएको छ भने अहिलेसम्म १ लाख ८२ हजार भन्दा धेरैको ज्यान गएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७