उपत्यकाभित्र चल्ने र बाहिर जाने सार्वजनिक गाडीले यी आठ नियम अनिवार्य पालना गर्नुपर्ने


८ बैशाख २०७८, बुधबार
Buspark

काठमाडौं, ८ बैसाख । कोरोना संक्रमण रोकथामका लागि काठमाडौंमा सार्वजनिक सवारीसाधान सञ्चालन तथा यात्रामा नयाँ नियम जारी गरिएको छ ।

सरकारले देशभरका लागि व्यवस्था गरेको स्वास्थ्य सुरक्षा मापदण्डअनुसार काठमाडौं जिल्ला प्रशासनले जारी गरेको आदेशमा काठमाडौंभित्र सञ्चालन गरिने तथा बाहिर जाने सार्वजनिक सवारीसाधनका लागि ८ नियम अनिवार्य पालना गर्न भनिएको छ । पछिल्लो केहि दिनयता नेपालमा समेत संक्रमित र मृत्तकको संख्या बढ्न थालेको छ । मानिसको आवागमनका कारण कोरोना संक्रमण धेरै फैलिने भएका कारण गाडीहरुमा नियम पालनामा कडाइ थालिएको हो ।
यी आठ नियम पालना गर्नुपर्ने

१. सिट क्षमताभन्दा बढी यात्रु नराख्ने

२. सबै यात्रुलाई मास्क अनिवार्य गराउने

३. सवारीसाधनको ढोकामा र भित्र सेनिटाइजर व्यवस्था गर्ने

४. चालक र सहचालकले मास्क र भाइजर लगाउने

५. सवारीसाधनलाई दैनिक रूपमा निसंक्रमित (संक्रमणरहित) गर्ने

६. सार्वजनिक यातायातमा कुनै यात्रुले मास्क नलगाई आएमा चालक वा सहचालकले बढीमा रु. १० लिई मास्क उपलब्ध गराउने

७. मास्क नलगाउने व्यक्तिलाई सवारीसाधनमा प्रवेश गर्न नदिने

८. लामो दूरीमा चल्ने सार्वजनिक यातायातमा बीच बाटोमा थप यात्रु नचढाउने गरी सुरु गन्तव्यदेखि अन्तिम गन्तव्यसम्म यातायात सञ्चालन गर्ने र यात्रुहरूको विवरण जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) काठमाडौंलाई उपलब्ध गराउने । अन्यथा संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही र सजाय हुने काठमाडौं जिल्ला प्रशासन कार्यालयले चेतावनी दिएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७