फ्लोएड हत्यामा प्रहरी अधिकारी दोषी ठहर, ७५ वर्षसम्म जेल हुनसक्ने


८ बैशाख २०७८, बुधबार
118136221 hi066879288

काठमाडौं, ८ बैसाख । अमेरिकाको एक अदालतले अघिल्लो वर्ष मारिएका अश्वेत नागरिक जर्ज फ्लोएडको हत्यामा प्रहरी अधिकारी देरेक साउभिनलाई दोषी ठहर गरेको छ ।

लामो बहसपछि न्यायाधशहरुले प्रहरी अधिकारी साउभिनमाथि लगाएका सबै तीन अभियोगमा उनलाई दोषी ठहर गरेको हो । उनीमाथि सेकेण्ड डिग्री मर्डर, थर्ड डिग्रि मर्डर र गैरन्यायिक हत्याको आरोप लगाइएको थियो ।

दोषी करार गरिएका प्रहरी अधिकारी साउभिनलाई ७५ वर्षसम्मको कैद सजाय हुन सक्नेछ । उनीमाथि सजाय सुनाउन भने बाँकी छ । यो सुनवाइलाई अमेरिकी इतिहासमै सर्वाधिक महत्वका साथ हेरिएको थियो । अफ्रिकी मुलका नागरिक फ्लोएडको गत वर्ष मे २५ तारिखमा अमेरिकाको मिनियापोलीस शहरमा हत्या गरिएको थियो ।

फ्लोएडले २० डलरको नक्कली नोट दिएको अभियोग एक जना पसलेले लगाएपछि प्रहरी अधिकारी साउभिनले उनलाई पक्राउ गर्ने बहानामा घोप्टो पारी ९ मिनेट ३९ सेकेण्डसम्म घाँटीमा घुँडाले थिचेर अठ्याउँदा उनको मृत्यु भएको थियो । यस घटनापछि अमेरिकाभर जातीय विभेदविरुद्ध व्यापक प्रदर्शन भएको थियो । पछिल्लो फैसलाको अमेरिकाभर स्वागत गरिएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७