देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा, तराईमा तुवाँलो


८ बैशाख २०७८, बुधबार
kathamandu

काठमाडौं, ८ बैसाख । काठमाडौं उपत्यकासहित आज (बुधबार) देशका धेरैजसो स्थानमा मौमस बदली भएको छ ।
आज बिहानैदेखि देशभरजसो घाम लागेको छैन । काठमाडौं उपत्यकामा बिहानै छिटफुट पानी परेर अहिले रोकिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले जानकारी दिए ।

‘आज दिनभर नै उपत्यकामा घाम लाग्ने सम्भावना छैन,’ मौसमविद् श्रेष्ठले भने, ‘फेरि पानी पर्ने सम्भावना छ, तर हल्का मात्र ।’ उनका अनुसार खासगरी आज सुदूरपश्चिम र कर्णाली प्रदेशमा अलि ठूलो वर्षा हुने सम्भावना छ। तर ठूलो भन्नाले भारी वर्षा होइन, मध्यम किसिमको ।

मौसमविद् श्रेष्ठका अनुसार अहिले देशका धेरै स्थानमा तुवाँलो पनि लागेको छ । जसले वायु प्रदूषण बढाउँछ । ‘ठूलो वर्षा भए तुवाँलो हट्थ्यो,’ उनले भने, ‘हल्का वर्षाले त्यो हट्ने सम्भावना हुँदैन ।’ आज हावाहुरीको सम्भावना भने कमै रहेको उनले बताए । तर अहिले प्रि–मनसुन भएकाले मेघगर्जन, चट्याङ तथा हावाहुरीको सम्भावना भने हुन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७