ह्वातै बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?


८ बैशाख २०७८, बुधबार
gold

काठमाडौं, ८ बैसाख । नेपाली बजारमा आज (बुधबार) सुनको भाउ ह्वातै बढेको छ । आज सुनको भाउ तोलामा १३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ । हिजो तोलामा ३ सय रुपैयाँले घटेर ९० हजार ७ सय रुपैयाँमा झरेको सुनको भाउ आज फेरि १३ सय रुपैयाँले बढेर तोलाको ९२ हजार रुपैयाँ पुगेको छ ।

कोरोना भाइरसको जोखिम बढेसँगै विश्वमा सुन चाँदीको भाउमा उतार चढाव आइरहेको छ । अन्य क्षेत्रमा भन्दा सुनमा लगानी सुरक्षित हुने भएकाले लगानीकर्ता सुनमा आकर्षित हुँदा भाउ बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज चाँदीको पनि भाउ बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी आज तोलाको १३ सय १० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७