मदनकृष्ण श्रेष्ठ र केकीलाई कोरोना संक्रमण भएपछि करिश्मा मानन्धर एकान्तबासमा


८ बैशाख २०७८, बुधबार
karishma

काठमाडौं, ८ बैसाख । अभिनेत्री करिश्मा मानन्धर एकान्तबास बस्ने भएकी छन् । उनले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै एकान्तबास बस्ने जानकारी दिएकी हुन् ।

वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ र अभिनेत्री केकी अधिकारीलाई कोरोना पोजेटिभ देखिएकाले उनले केही दिन एकान्तबास गर्ने निर्णय गरेकी हुन् । उनले कन्ट्याक्ट ट्रेसिङमा परेकोबारे भने केही खुलाएकी छैनन् ।

‘आदरणीय मदनकृष्ण दाइको सपरिवार र केकी बहिनीलाई पनि कोरोना पोजिटिभ देखिएकाले केही लक्षण नदेखिए पनि आफू पनि केही दिन एकान्तमा बस्ने निर्णय गरेको छु’ उनले अगाडि लेखेकी छन् ‘दिनहुँ दुई पटक बाफ लिने गरौं ।’ अभिनेत्री करिश्माले सबैलाई सुरक्षा विधिहरु अनिवार्य रूपमा पालन गर्न समेत अनुरोध गरेकी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७