योगेश भट्टराईले ओलीलाई भने, ‘पार्टी बचाउने भए तपाई लचिलो हुनुपर्छ’


८ बैशाख २०७८, बुधबार
kp oli vs yogesh bhattrai

काठमाडौं, ८ बैसाख । नेकपा एमाले फुटको मोडमा पुगिरहेका बेला नेपाल पक्षका नेता योगेश भट्टराईले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी एकताबद्ध बनाउन आग्रह गरेका छन् । आज (बुधबार) बालुवाटार पुगेका नेता भट्टराईले पार्टी एकताबद्ध बनाउने भए ओली लचिलो बन्नुपर्ने बताएका थिए ।

‘पार्टी एकताबद्ध बनाइएर लैजाने भए तपाईं लचिलो बन्नुपर्छ’, उनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो । ओलीले मंगलबार स्पष्टीकरण सोधेका सांसदलाई आज बालुवाटार बोलाएका थिए । सोहीअनुसार भट्टराई बालुवाटार पुगेको स्रोतले बतायो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७