छोरीको उत्तरपुस्तिकामा नम्बर सच्याउने लोकसेवाका अधिकृतविरुद्ध मुद्दा


८ बैशाख २०७८, बुधबार

काठमाडौं, ८ बैसाख । लोकसेवा आयोग केन्द्रीय कार्यालय, अनामनगरका तत्कालीन शाखा अधिकृत मिमबहादुर शाहीउपर सरकारी कागजात सच्याई अनियमितता गरेकोबारे आरोप–पत्र दायर गरिएको छ ।

शाहीले नेपाल वायु सेवा निगमतर्फको (खुल्ला, समावेशी) सहायक चौथो पदको लागि भएको परीक्षामा आफन्त (छोरी) सहभागी गराई परीक्षार्थीको उत्तरपुस्तिका सच्याई अनियमितता गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

सो सम्बन्धी उजुरी निवेदनमा अनुसन्धान हुँदा तत्कालीन शाखा अधिकृत शाहीले छोरीलाई परीक्षामा सफल गराउने नियत राखी नेपाल वायु सेवा निगमतर्फको सहायक चौथो तहको परीक्षामा प्रशिक्षार्थीले दिएको उत्तरपुस्तिका सच्याएको पुष्टि हुन आएको र निजले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिमको कसुरजन्य कार्य भएको अख्तियारको ठहर छ ।

शाहीलाई सोही ऐनको दफा ११ अनुसार सजाय हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५९१० बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७