सांग्रीला डेभलपमेन्ट बैंकद्वारा कर्मचारीहरुलाई अभिमुखीकरण तथा बैंकिङ्ग तालिम प्रदान


८ बैशाख २०७८, बुधबार
Training Photo vQVD8ibD1X

काठमाडौं, ८ बैशाख । सांग्रीला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना कर्मचारीहरुका लागि २ दिने अभिमुखीकरण तथा बैकिङ्ग तालिम प्रदान गरेको छ । बैशाख ५ र ६ गते बैंकका विभिन्न विभाग र शाखाका कर्मचारीहरुलाई त्यस्तो तालिम प्रदान गरिएको हो ।

कर्मचारीहरुलाई बैंक सम्बन्धी कामहरु तथा नीति–नियमको बारेमा जानकारी दिने, सिकाउने तथा अभिमुखीकरण गराउने उद्देश्यले तालिम दिइएको बैंकले जनाएको छ ।

२ दिने कार्यक्रमको समापनको अवसरमा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले कर्मचारीहरुलाई हौसला प्रदान गर्नुका साथै यस किसिमको तालिमले कर्मचारीहरुको कार्यकुशलता बढ्ने बताए । उनले यस्ता तालिमबाट आफूले सिकेको कुरा प्रयोगमा ल्याई कर्मचारी स्वयंको तथा बैंकको दिगो विकासमा योगदान पुग्ने बताए ।

कार्यक्रममा सहभागी कर्मचारीहरुले उक्त तालिमबाट काम गर्ने हौसला प्राप्त भएको बताएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७