नुवाकोटको महादेव फाँटमा प्रभु बैंकको नयाँ शाखा कार्यालय विस्तार


८ बैशाख २०७८, बुधबार
received 1449256648739925 awKGE53S4e

काठमाडौं, ८ बैशाख। प्रभु बैंक लिमिटेडले शाखा सञ्जाल विस्तार गर्ने क्रममा नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं।७ स्थित महादेव फाँटमा २१४ औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकको महादेव फाँट शाखा कार्यालयको उद्घाटन वागमती प्रदेशका मुख्य सचेतक केशवराज पाण्डेले गरे ।

उक्त शाखा कार्यालयको उद्घाटन गर्दै वागमती प्रदेशका मुख्य सचेतक पाण्डेले बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा आप्mनो प्रभु बैंकले शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७