काडिजलाई पराजित गर्दै रियल शीर्ष स्थानमा


९ बैशाख २०७८, बिहीबार
real madrid1619059374

काठमाडौं, ९ बैसाख । रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । बुधबार राति भएको खेलमा रियलले काडिजलाई ३–० गोल अन्तरले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो ।

काडिजको मैदानमा रियललाई जित दिलाउन करिम बेन्जिमाले दुई गोल गरे । अल्भारो ओड्रीजोलाको नाममा एक गोल रह्यो । जितसँगै रियल लिगको शीर्ष स्थानमा उक्लिन सफल भएको छ । रियलको ३२ खेलबाट ७० अंक छ । पराजित काडिज ३६ अंक जोडेर १३ औं स्थानमा छ ।

खेलको ३० औं मिनेटमा बेन्जिमाले पेनाल्टीमार्फत गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । ३३ औं मिनेटमा अल्भारोले गोल गर्दै रियलको अग्रता २–० बनाए । ४० औं मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई ३–० को जित दिलाए । रियलले जित निकालेसँगै उपाधि होडमा थप रोमाञ्चकता आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७