नेपालले बनायो अहिलेसम्मकै दोस्रो ठूलो स्कोर, करण केसीको विष्फोटक व्याटिङ


९ बैशाख २०७८, बिहीबार
nepali cricket team D4lgIqTngn

काठमाडौं, ९ बैसाख । त्रिदेशीय टी–ट्वान्टी क्रिकेट श्रृङ्खला अन्तर्गत मलेसियासँगको खेलमा नेपालले आफ्नो अन्तर्राष्ट्रिय टी–ट्वान्टी प्रतियोगिताकै दोस्रो ठूलो स्कोर बनाएको छ ।

मलेसियासँगको खेलमा नेपालले सात विकेट गुमाएर दुई सय १७ रन बनायो । यो स्कोर नेपालले बनाएको सर्वाधिक दोस्रो ठूलो स्कोर हो ।
नेपालले सबैभन्दा धेरै रन भुटानसँगको खेलमा बनाएको थियो । सन् २०१९ को दक्षिण एसियाली खेलकुद सागमा कीर्तिपुर मैदानमै भुटानसँगको खेलमा नेपालले तीन विकेट गुमाएर दुई सय ३६ रन बनाएको थियो । त्यो स्कोर नै नेपालले अन्तर्राष्ट्रिय टी–ट्वान्टी क्रिकेटमा बनाएको सर्वाधिक ठूलो स्कोर हो ।

सर्वाधिक धेरै रन बनाउने क्रममा नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ५५ बलमा एक सय सात रन बनाएका थिए । मल्लले ९ छक्का र ५ चौका प्रहार गरेका थिए । बिहीवार दोस्रो ठूलो स्कोर बनाउने क्रममा नेपालले मलेसियासँगको खेलमा दुई सय १७ रन बनायो । नेपालका करण केसीले विष्फोटक ब्याटिङ गरे । करणले १३ बलमा ७ छक्कासहित ४५ रन बनाए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७