कर्मचारीसँगको यौन सम्बन्धले चिप्लियो छँदाखाँदाको मन्त्री पद


११ फाल्गुन २०७४, शुक्रबार
sambandha1

काठमाण्डौं, ११ फागुन : आफ्नै कर्मचारीसँगको यौन सम्बन्धका कारण विवादमा परेका अष्ट्रेलियाका उपप्रधानमन्त्री बार्नबी जोयसको पद गुमेको छ । उनले आफू यौन विवादमा मुछिएपछि पदबाट राजीनामा दिएका छन् । उनले पार्टीको नेताबाट समेत राजीनामा दिने घोषणा गरेका छन् । नेशनल पार्टीका प्रमुख नेता रहेका जोयसले आगामी सोमबार पार्टीको बैठकबाट राजीनामा दिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।barnaby joyce vikki campion

तीन साताअघि सार्वजनिक आफ्नै मिडिया सल्लाहकार भिकी क्याम्पिअनबीचसँगको यौन सम्बन्धले विपक्षी र आफ्नै पार्टीबाट आलोचित जोयसले शुक्रबार पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । महिला कर्मचारी भिकी जोयसको बच्चाको आमा बन्न लागेको तथ्य सार्वजनिक भएपछि उनी आलोचित बनेका थिए।

उपप्रम जोयसले कर्मचारीको सम्बन्धलाई ‘पीडादायक निजी अनुभव’ भन्दै आफ्नी श्रीमती, चार छोरी र ती पूर्व कर्मचारीसँग सार्वजनिक रूपमै क्षमा मागिसकेका छन् । यसअघि प्रधानमन्त्री माल्कम टर्नबुलले जोयसको आचरण पदीय मर्यादा विपरित र विवेकमा भएको गम्भीर त्रुटी भन्दै मन्त्री र तिनका कर्मचारीबीच हुने सम्बन्धमा प्रतिबन्ध लगाउने घोषण गरेका थिए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७