मोटोरोलाको नयाँ स्मार्टफोन बजारमा, कति पर्ला मूल्य ?


९ बैशाख २०७८, बिहीबार
motorola Picture scaled

काठमाडौं, ९ वैशाख । मोटोरोलाले नयाँ फोन ‘मोटो इ७’ नेपाली बजारमा सार्वजनिक गरेको छ। जसको ५ हजार एमएएच ब्याट्री छ। यसमा १३ एमपी डुअल क्यामरा छ।

ग्राहकले यो फोन २ जिबी र्यामर३२ जिबी स्टोरेज पाउँछन्। यसमा ६.५ एचडी प्लस डिस्प्ले दिइएको छ। भारतमा बनेको यो स्मार्टफोनमा फिङ्गरप्रिन्ट सेन्सर जडान गरिएको छ। जसमा युएसबी टाइप सी चार्जर उपलब्ध गराइएको छ।

कम्पनीका अनुसार यो फोनको मूल्य १२ हजार ९ सय ९९ तोकिएको छ। फोन निलो र रातो रङमा पाइन्छ।
मोटो इ७ दराज एपमा १८ अफ्रिलदेखि उपलब्ध गराइएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७