सनराइज बैंकको थप दुई शाखारहित बैंकिङ सेवा सुरु


९ बैशाख २०७८, बिहीबार
BLB1619068051

काठमाडौं, ९ वैशाख । सनराइज बैंकले थप दुई शाखारहित बैंकिङ सेवा सुरु गरेको छ। बैंकले ललितपुरको महाङ्काल गाउँपालिका वडा नं.६, ठुलादुर्लुङ र सप्तरीको खड्क न.पा वडा नं.११, बनौली शाखारहित बैंकिङ्ग सेवाको सुरु गरेको हो।

यससँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ७६ पुगेको छ। हालसम्म यो बैंकको १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा एटिएम छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७