राजस्थानविरुद्ध बेंग्लोरको १० विकेटको सानदार जित, विराट कोहलीले बनाए कीर्तिमान


९ बैशाख २०७८, बिहीबार
ipl zWrZPpricn

काठमाडौं, ९ बैशाख । इन्डियन प्रिमियर लिग ९आइपिएल० अन्तर्गत बिहीबार रोयल च्यालेन्जर बेंग्लोरले राजस्थान रोयल्सविरुद्ध १० विकेटको सानदार जित हासिल गरेको छ ।

बिहीबार मुम्बईको मैदानमा टस जितेर बेंग्लोरले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १७७ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको बेंग्लोरले १७ औं ओभरको तेस्रो बलमै कुनै विकेट नगुमाइ लक्ष्य पूरा गरेको हो ।

बेंग्लोरका लागि देवदत्त पाडिक्कलले शतकीय पारी खेले । उनले ५२ बलमा ११ चौका र ६ छक्का प्रहार गरे । यस्तै विराट कोहलीले ४७ बलमा ७२ रन बनाए । उनले आइपिएल करिअरमा ६ हजार रनसमेत पूरा गरे । आइपिएलमा ६ हजार रन पूरा गर्ने उनी पहिलो ब्याट्सम्यान हुन् ।

राजस्थानका तेस्रो ओभरमै प्रारम्भिक ब्याट्सम्यान जोस बटलर ८ रनको व्यक्तिगत स्कोरमा बाहिरिए भने मनन बोहरा ७ रनमा सीमित रहे । कप्तान सन्जु सामसनले २१ रन बनाए भने निकै डेविड मिलरले खाता नै खोल्न सकेनन् । दुवेले ४६ रन बनाए भने परागले २५ रन जोडे । यस्तै राहुल तेवटियाले ४० र क्रिस मोरिसले १० रन बनाए ।

बेंग्लोरका लागि मोहम्मद सिराजले किफायती बलिङ गर्दै चार ओभरमा २७ रन खर्चिएर तीन विकेट लिए । तीन विकेट नै लिएका हर्षल पटेलले भने चार ओभरमा ४७ रन खर्चिए । यो जितसँगै बेंग्लोर अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । उसले चार खेलमा आफ्नो पक्षमा शत प्रतिशत नतिजा निकाल्दै ८ अंकका साथ शीर्ष स्थान कब्जा गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७