नेपालबाट धमाधम अक्सिजन भारततिर


१० बैशाख २०७८, शुक्रबार

काठमाडौं, १० बैसाख । दोस्रोे लहर कोभिड १९ संक्रमण तीव्र रुपमा फैलिएसँगै नेपालबाट अक्सिजन भारत निर्यात हुन थालेको छ ।
भारतमा संक्रमितको संख्या ह्वातै बढेर अक्सिजन अभाव देखिन थालेपछि निकासीका लागि केही व्यवसायीले यहाँका बजारबाट अक्सिजन र त्यसँग सम्बन्धित सामग्री उठाइरहेको रसायन तथा मेडिकल आपूर्ति संघका अध्यक्ष सुरेश घिमिरेले बताए ।

व्यवसायीका अनुसार नेपालमा अक्सिजन हाल पुग्दो मात्रामा रहे पनि माग बढिरहेको छ । संक्रमितको संख्या दिनहुँ बढिरहेको छ भने अस्पताल भर्ना भएकालाई अक्सिजन दिनु परिरहेको छ । ‘यहाँ पनि अक्सिजन अभाव हुने जोखिम देखेर हाम्रा व्यवसायीहरुलाई निकासी नगर्न आग्रह गरेका छौं’, संघका अध्यक्ष घिमिरेले भने ।

संघले मंगलबार आफ्ना साधारण सदस्य र आजीवन सदस्यलाई छिट्टै अक्सिजन अभाव हुन सक्ने धन्दै अक्सिजन कन्सन्ट्रेटर, पल्स अक्सिमिटर, नेबुलाइजर, हाइ फ्लो अक्सिजन क्यानुला र अक्सिजनसँग सम्बन्धित सामाग्री निर्यात नगर्न सूचना जारी गरेको हो जसको बोधार्थ स्वास्थ्य तथा जनसंख्या र अर्थ मन्त्रालयमा समेत पठाइएको छ ।

त्रिपुरेस्थित अक्सिजन ट्रेड लिंकका सञ्चलक सोहेल श्रेष्ठले गएको सातादेखि अक्सिजनबारे सोधखोज गर्ने र किन्ने ग्राहक बढेको बताए । उनी इलेक्ट्रिक अक्सिजन कन्सन्ट्रेटर बिक्री गर्छन् । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७