आईपीएल : राजस्थानलाई पराजित गर्दै बेङ्ग्लोर शीर्ष स्थानमा


प्रकाशित मिति : April 23, 2021

काठमाडौं, १० बैसाख । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोर शीर्ष स्थानमा पुगेको छ ।

गए राति भएको खेलमा राजस्थान रोयल्सलाई १० विकेटले पराजित गर्दै रोयल च्यालेन्जर्स बेङ्ग्लोरले लगातार चौथो पटक विजयी भएको हो । ४ खेलमा ८ अङ्क जोड्दै बेङ्ग्लोर शीर्ष स्थानमा पुगेको हो ।

राजस्थानले दिएको १७८ रनको लक्ष्य बेङ्ग्लोरले १६ ओभर ३ बलको खेलमा विकेट नै नगुमाइ लक्ष्य भेट्टाएको हो । बेङ्ग्लोरको जितका लागि देवदत्त पडिकलले नट आउट १०१ रनको शतकीय इनिङ्स खेलेका थिए । यस्तै विराट कोहलीले नट आउट ७२ रन जोडेका थिए ।

प्रतिक्रिया दिनुहोस्