एक किलो चरेशसहित होटल सञ्चालक पक्राउ


१० बैशाख २०७८, शुक्रबार

कैलाली, १० बैसाख । प्रहरीले चरेश कारोबारको आरोपमा कैलालीको धनगढीका होटल सञ्चालक चक्रबहादुर रोकायालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–३ बोराडाडी स्थित प्रगती होटलका सञ्चालक रोकायालाई जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले पक्राउ गरेको हो ।

बाजुराको बुढीनन्दा नगरपालिका–९ घर भएका चक्रबहादुरको होटलबाट एक किलो चरेश बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । बिहीबार पक्राउ गरिएका रोकायालाई प्रहरीले लागु औषध नियन्त्रण ऐन अनुसारको कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७