डिनर मिटिङमा ओलीलाई वामदेवको जवाफ : त्यसो भए म तपाईंसँग आउन सक्दिनँ


१० बैशाख २०७८, शुक्रबार
kp oli bamdev

काठमाडौं, १० बैसाख । चासोका साथ हेरिएको नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र नेता वामदेव गौतमले हिजो (बिहीबार) बेलुकाको डिनर मिटिङ पनि फलदायी बन्न सकेन ।

अध्यक्ष ओली आफूले गरेको निर्णयबाट ‘ब्याक’ हुन तयार नभएपछि छलफल यतिकै सकिएको नेता बामदेव गौतमले बताएका छन् । नेता वामदेव गौतमले फागुन २८ गतेको निर्णय फिर्ता नलिए केपी शर्मा ओलीसँग आउन नसक्ने बताएर बाहिरिएका छन् ।

डिनर वार्तामा ओलीले गौतमलाई पार्टी काममा फर्किन आग्रह गरेका थिए । गौतमले नेकपा एमालेका नाममा भएका अवैधानिक बैठकका निर्णय फिर्ता लिन अनुरोध गरे पनि प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले अस्वीकार गरेको गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले जानकारी दिए ।

‘हिजो ९ गते क. केपीसँग बेलुकी ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा डिनर मिटिङ भयो । उहाँले पार्टी काममा आफूसँग फर्कन अनुरोध गर्नुभयो । मैले गत फागुन २८ गते तपाईंले गर्नु भएको अवैधानिक बैठकका निर्णय फिर्ता लिन अनुरोध गरें । उहाँले ती निर्णय फिर्ता हुँदैनन् भन्नुभयो । त्यसो भए म तपाईंसँग आउन पनि सक्दिन भनेर जवाफ दिएँ । डिनर चल्दै थियो नमस्कार गरेर म बिदा भएँ’, गौतमको भनाई उद्धृत गर्दै सुवेदीले लेखेका छन् ।

हिजो राजधानीको मेरियट होटलमा वरिष्ठ नेता माधवकुमार नेतपालसँगको दोस्रो वार्तापछि ओलीले बेलुका वामदेव गौतमले डिनरका लागि बोलाएका थिए । एमालेभित्रको विवाद समाधानका लागि ओली नेपालबीच हिजो भएको दोस्रो वैठक पनि बिना निष्कर्ष सकिएको छ । दुबै नेता आ–आफ्ना अडानमा अडिग रहेपछि वार्ता निष्कर्षविहीन बन्न पुगेको हो । खास गरी अध्यक्ष ओली आफूले एकल रुपमा गरेका निर्णयहरु फिर्ता गर्न लचिलो नभएपछि वार्ताले सकारात्मक बाटो लिन नसकेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७