बुबाको हत्या आरोपमा १७ वर्षीय किशोर पक्राउ


१० बैशाख २०७८, शुक्रबार
pakrau
फाइल फोटो

सुनसरी, १० बैसाख । सुनसरीको प्रकाशपुरमा बुबाको हत्या आरोपमा एक १७ वर्षीय किशोर पक्राउ परेका छन् । बराहक्षेत्र नगरपालिका–९ स्थित प्रकाशसपुर घर भएका ३८ वर्षीय उपेन्द्र पौडेलेको हत्या आरोपमा उनका छोरालाई पक्राउ गरिएको सुनसरीका एसपी कमल थापाले जानकारी दिए ।

विवाद हुँदा चिया पकाउने ताप्केले हिर्काउँदा घाइते भएका उपेन्द्रलाई उपचारका लागि विराटनगरस्थित नोवेल अस्पतालमा लगिएको थियो । उपचारको क्रममा बिहिबार उनको मृत्यु भएको हो ।

बुवाको मृत्युपछि छोरालाई पक्राउ गरेर ज्यानसम्बन्धी कसुरमा अनुसन्धान शुरु गरिएको एसपी थापाले बताए । नाबालक भएकाले प्रहरीले हत्या आरोपीको नाम सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७