घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?


१० बैशाख २०७८, शुक्रबार
gold

काठमाडौं, १० बैसाख । नेपाली बजारमा आज (शुक्रबार) सुनको भाउ सामान्य ओरालो लागेको छ । आज सुन प्रतितोला ९१ हजार ७०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ ।

बुधबार प्रतितोला ९२ हजार रुपैयाँ र बिहिबार थप २०० रुपैयाँ वृद्धि भएको सुनको मूल्य शुक्रबार भने घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापा वाला सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँ कायम भएको छ भने, तेजाबी सुनको मूल्य ९१ हजार २०० रुपैयाँ कायम भएको छ । यता बिहीबार प्रतितोला एक हजार ३३५ रुपैंयामा कारोबार भएको चाँदीको मूल्यमा शुक्रबार थोरै घटेर एक हजार ३२० मा कारोबार भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७