कोरोनाका कारण ग्याँस आपूर्ति प्रभावित हुने आशंका, खाली सिलिण्डर भरेर राख्न उपभोक्तालाई अपिल


१० बैशाख २०७८, शुक्रबार
gass

काठमाडौं, १० बैसाख । नेपाल एलपी ग्याँस उद्योग सङ्घले आफूसँग भएको खाना पकाउने खाली ग्याँस सिलिण्डर भरेर राख्न उपभोक्तासँग आग्रह गरेको छ ।

विगतमा कोरोनाका कारण भएको लकडाउनमा पनि ग्याँस आपूर्ति अभाव हुन नदिएको र फेरि कोरोना संक्रमण बढ्दै गएकोले आपूर्ति प्रभावित हुने आशङ्कामा खाली ग्याँसका सिलिण्डर तत्काल भरेर भण्डारण गर्न सङ्घले भनेको छ ।

सहज तरिकाले आपूर्ति व्यवस्था गर्न नेपाल आयल निगमले बुधबार सङ्घलाई खाली सिलिण्डर भरेर भण्डारण गर्न पत्राचार गरेको थियो । सोहीअनुसार सङ्घले उपभोक्तालाई खाली सिलिण्डर भर्न अपिल गरेको छ । भारत विश्वकै सबैभन्दा बढी दैनिक कोरोना प्रभावित हुनेहरुको मुलुक बनिरहेको छ । यस्तो अवस्थामा आपूर्ति प्रभावित हुनसक्ने सम्भावना रहन्छ ।

gas GienGjL8gW

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७