सातै प्रदेशमा माओवादी मन्त्रीको सूची तयार, अन्तिम फैसला प्रचण्डको हातमा


११ फाल्गुन २०७४, शुक्रबार
maoist office perisdanda jpg 02082017053152

काठमाण्डौं, ११ फागुन : माओवादी केन्द्रले मन्त्री बनाउनका लागि सबै प्रदेशमा सम्भावित नामको सूची तयार पारेको छ । त्यही सूचीबाट हरेक प्रदेशको एक जना पर्ने गरी मन्त्री छानिने छ । छान्ने जिम्मेवारी भने अध्यक्ष पुष्पकमल दाहाललाई दिइएको छ ।maoist office perisdanda jpg 02082017053152 1000x0

माओवादी उच्च स्रोतका अनुसार प्रदेश १ बाट अमनलाल मोदी, सुदन राई र सुरेश राई मध्ये एक, प्रदेश २ बाट गिरिराजमणि पोखरेल र मातृका यादवमध्ये एक र प्रदेश ३ बाट रामबहादुर थापा ’बादल’, अञ्जना बिसंखे र पम्फा भुषालमध्येबाट एक जना मन्त्री छानिने छन् ।

त्यसैगरी प्रदेश ४ बाट देवेन्द्र पौडेल र हरि अधिकारी मध्ये एक, पाँचबाट बर्षमान पुन ’अनन्त’ र चक्रपाणि खनालमध्ये एक, प्रदेश ६ मा जनार्दन शर्मा र शक्ति बस्नेतमध्ये एक र प्रदेश ७ बाट विना मगर र लेखराज भट्ट मध्येबाट एक जना मन्त्री हुने छन् ।
यसअघि नै एमाले र माओवादी नेताहरुबीचको समझदारी अनुसार माओवादीले सात वटा मन्त्रालय पाउने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७