ओली समूहमा लागेका विष्णु रिजाल बने विदेश विभाग उपप्रमुख


१० बैशाख २०७८, शुक्रबार
Bishnu Rijal 768x544 1

काठमाडौं, १० बैसाख । नेकपा एमालेको खनाल–नेपाल समूह छोडेर ओली समूहमा छिरेका नेता विष्णु रिजालले विदेश विभाग उपप्रमुखको जिम्मेवारी पाएका छन् ।

पूर्व महासचिव तथा वरिष्ठ नेता माधवकुमार नेपाल प्रमुख रहेको विदेश विभागमा उपप्रमुखको जिम्मेवारी सम्हालेका रिजाल गुट परिवर्तन गरेपछि केन्द्रीय सदस्य राजन भट्टराईको उपप्रमुख बनेका हुन् ।

आज (शुक्रबार) बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले नेताहरुको जिम्मेवारी बाँडफाँड गर्दै रिजाललाई दैलेख जिल्लाको सहइञ्चार्ज र विदेश विभाग उपप्रमुखको जिम्मेवारी दिएको हो । विदेश विभाग प्रमुखको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार समेत रहेका भट्टराईलाई दिइएको छ । तत्कालीन नेकपामा नेता माधवकुमार नेपाल विदेश विभाग प्रमुख थिए । रिजाल उक्त विभागको उपप्रमुख थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७