युवा संघमा कार्यविभाजन, कसलाई के जिम्मेवारी (सूची)


१० बैशाख २०७८, शुक्रबार
176913680 900059407231970 665625399720790251 n

काठमाडौं, १० बैसाख । नेपाल कम्युनिष्ट पार्टी एमाले निकट युवा संघ नेपालको पदाधिकारी बैठकले जिम्मेवारी बाँडफाँट गरेको छ ।
आज (शुक्रबार) जारी सर्कुलर अनुसार युवा संघको केन्द्रीय सदस्यहरुको जिम्मेवारी बाँडफाँट गरिएको हो । संघका अध्यक्ष नरेश शाहीको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले जिम्मेवारी बाँडफाँट गरेको हो ।

संगठनको दैनिक गतिविधि सञ्चालन गर्न संघका अध्यक्ष शाहीको अध्यक्षतामा ११ सदस्यीय केन्द्रीय कार्यालय कमिटी गठन गरिएको छ । सदस्यमा बरिष्ठ उपाध्यक्ष क्रान्ति बुर्लाकोटी, उपाध्यक्ष कृष्णहरि केसी, उपाध्यक्ष नितेश पौडेल, महासचिव दिपक जि.एम., उपमहासचविहरु सञ्जिप राई, रोशन थापा, अशोककुमार दाहाल, निर्भिक खनाल, सचिव नरेश गिरी र कोषाध्यक्ष दिपक दुवाडी रहेका छन् । यसैगरी बैठकले संघको पूर्व उपाध्यक्ष हस्तबहादुर शाही संयोजक र संघका पूर्व सचिव सुरेन्द्रमान कार्की सचिव रहेको २१ सदस्यीय सल्लाहकार समिति गठन भएको युवा संघका प्रचार बिभाग प्रमुख संजिप राईले बताए ।

बैठकले युवाको वर्तमान अवस्था, चुनौति, अबका मुद्दाहरु र समाधानका उपायका लागि विस्तृत अध्ययन गरी एक महिनाभित्र प्रतिवेदन कमिटीमा बुझाउने गरी उपमहासचिव निर्भिक खनालको संयोजकत्वमा एक अध्ययन कार्यदल गठन गरेको छ । यस्तै प्रदेश–१ को इञ्चार्जमा मुना शर्मा, सहइञ्चार्जमा गौरिमान परियार, नरेन्द्र बस्नेत, संयोजकमा प्रत्युस राना, सचिवमा संदिप राई, प्रदेश–२ को इञ्चार्जमा निरन्जन झा, सहइञ्चार्जमा अरुण यादव, संयोजकमा अर्जुन सिंह, सचिव दिग्म्बर पाठकलाई जिम्मेवारी दिईएको छ ।

वागमती प्रदेशको इञ्चार्जमा रोशन थापा, सहइञ्चार्जमा मिन श्रेष्ठ, संयोजकमा फुर्वा लामा, गण्डकी प्रदेशको इञ्चार्जमा कृष्ण विश्वकर्मा, सहइञ्चार्जमा हिरालाल विक, संयोजकमा कमल गैरे, लुम्बिनी प्रदेशमा इञ्चार्ज सरिता श्रीस, सहइञ्चार्जमा हिमा थापा, संयोजकमा किशोर थापा, सचिवमा किरण नेपाल रहेका छन् ।

कर्णाली प्रदेशमा इञ्चार्जमा खडक शाही, सहइञ्चार्जमा आदीप्रसाद न्यौपाने, मन्जु रावल, संयोजकमा अनिल बोगटी, सुदुरपश्चिम प्रदेशमा इञ्चार्ज प्रकाश रोकाय, सहइञ्चार्जमा मदन गिरी, संयोजक बाबुराजा श्रेष्ठ, सचिवमा मोहन साउद र गैरभौगोलिक प्रदेशमा इञ्चार्ज अशोक दाहाल र संयोजकमा बिकास ज्ञवाली छन् ।

संगठन बिभागको प्रमुखमा नितेश पौडेल, स्कुल बिभाग प्रमुखमा कृष्णहरि केसी, प्रचार बिभाग प्रमुखमा संजिप राई, आर्थिक बिभाग प्रमुखमा दिपक दवाडी, कार्यालय बिभाग प्रमुखमा नरेश गिरी, महिला बिभाग प्रमुखमा प्रेमा लामा, बिदेश बिभाग प्रमुखमा निर्भिक खनाल, प्रकाशन विभाग प्रमुखमा लक्ष्मण घिमिरेसहित बिभिन्न ३५ बिभागका प्रमुख तोकिएको संघका प्रचार बिभाग प्रमुख राईले बताए ।
यसैगरी स्थायी कमिटी ९६ सदस्यीय र सचिवालय २१४ सदस्यीय बनाइएको छ । जिल्लाहरुको इञ्चार्ज र सहइञ्चार्जको जिम्मेवारी समेत बाँडफाँड गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७