भारतीय राजदुतावासलाई अशोक लेलैण्डले दियो ‘एडभान्स लाइफ सपोर्ट एम्बुलेन्स’


१० बैशाख २०७८, शुक्रबार
Photo

काठमाडौं, १० वैशाख । आइएमइ मोटर्स द्वारा प्रवद्धित अशोक लेलैण्डले भारतीय राजदुतावासलाई दुई थान ‘एडभान्स लाइफ सपोर्ट एम्बुलेन्स’ दिएको छ।
राजदुतावासका अनुसार नेपाल-भारतमैत्री विकास साझेदारी कार्यक्रम अन्तर्गत एम्बुलेन्स उपहारस्वरुप दिइएको हो। दूतावासले स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा काम गरिरहेका नेपालका विभिन्न सरकारी तथा गैरनाफामूलक संघ–संस्थाहरुलाई एम्बुलेन्स दिनेछ।

सो एम्बुलेन्सहरु सहिद गंगालाल हृदयरोग केन्द्र बासवारी र धुलीखेल अस्पताललाई पुनः दिएको बताएको छ । आइएमइ मोटर्सले एम्बुलेन्स सहित दमकल, मोर्टर्युरी भ्यान, ट्रक टिपर, स्कुल बस सहित साना तथा ठूला कमर्सियल गाडीहरु बिक्रि गर्दै आएको छ। साथै आर्मी पुलिसका लागी प्रयोग हुने विशेष गाडीहरु पनि उपलब्ध गराउँदै आएको कम्पनीको भनाइ छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७