आजबाट नेपाल सुपर लिग फुटबल : काठमाडौं र ललितपुर भिड्दै


११ बैशाख २०७८, शनिबार
khel 2

काठमाडौं, ११ बैसाख । नेपालमा पहिलोपल्ट आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग एनएसएल आज (शनिबार) देखि दशरथ रङ्गशालामा शुरु हुँदैछ ।

सात फ्रेन्चाइज टिमको सहभागिता रहने प्रतियोगिताको उद्घाटन खेलमा साँझ साढे ५ बजे काठमाडौं रेजर्स फुटबल क्लब र ललितपुर सिटी फुटबल क्लब भिड्ने छन् । भोलिदेखि भने हरेक दिन दुई खेल हुनेछन् ।

कोरोना भाइरसको महामारीका कारण खेलहरु बिना दर्शक हुनेछन् । यसैबीच आयोजक आयोजक नेपाल स्पोर्टस म्यानेजमेन्टले पुरस्कार राशी सार्वजनिक गरेको छ । सोअनुसार विजेताले ३५ लाख रुपैयाँ पाउने छ । उपविजेताले १५ लाख रुपैयाँ जित्दा व्यक्तिगत विधातर्फ उत्कृष्ट हुनेले जनही १ लाख तथा उत्कृष्ट युवा खेलाडीले १ लाख रुपैयाँ पाउने छन् ।

त्यस्तै हरेक खेलको उत्कृष्ट युवा खेलाडीले १० हजार तथा म्यान अफ द म्याचले २५ हजार रुपैयाँ पाउने छन् । राउन्ड रोबिनको आधारमा जेठ १ गतेसम्म हुने लिगमा काठमाडौं र ललितपुरसहित विराटनगर सिटी फुटबल क्लब, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसी रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७