प्रदेशहरु ‘मन्त्री र सांसदविहीन’ हुने


११ फाल्गुन २०७४, शुक्रबार
7 State of Nepal

काठमाण्डौं, ११ फागुन : चुनावपश्चात् सात वटै प्रदेशमा सरकार गठन भएर काम सञ्चालन भइरहेका बेला आगामी एक महिनाभित्र सबै प्रदेशहरू कम्तीमा दुई दिन मुख्यमन्त्री, मन्त्री र प्रदेशसभाका सदस्यविहीन हुने भएका छन् ।7 State of Nepal

निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन राजधानी काठमाण्डौंमा गर्ने निर्णय गरेसँगै यस्तो अवस्था आउन लागेको हो । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका मतदाताका रूपमा रहेका प्रदेश सभा सदस्यहरू सबै मतदान गर्न राजधानी काठमाण्डौंमा आउनु पर्ने भएको छ ।
राष्ट्रपतिको निर्वाचनको परिणाम घोषणा भएको एक सातामै उपराष्ट्रपतिको निर्वाचन गरिने आयोगले जनाएको छ । त्यसका लागि पनि उनीहरू पुनः राजधानी आउनु पर्ने हुन्छ ।

आयोगको यस्तो निर्णयप्रति मुख्यमन्त्रीहरूले असन्तुष्टि जनाएका छन् । प्रदेश नम्बर ६ का मुख्यमन्त्री महेन्द्र शाहीले भने, ‘एक हप्तामै दुई पटक मतदान गर्न काठमाण्डौं जानु आर्थिक हिसाबले सांसदहरूलाई भार हो। प्रदेशको व्यवस्थापनका लागि रातदिन काम गर्नुपर्ने बेला सबैले प्रदेश नै छोडेर जानु राम्रो होइन। प्रदेशमै निर्वाचन गरेर केन्द्रमा पठाउने व्यवस्था गर्नुपर्छ ।’ उस्तै चिन्ता प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले पनि व्यक्त गरे । उनले भने, ‘कुनै निर्वाचनका कारण प्रदेश खाली हुने अवस्था आउनु राम्रो होइन। अझै समय छ, निर्वाचन आयोगले प्रदेशमै निर्वाचन गर्ने व्यवस्था गर्नु राम्रो हुन्छ ।’ राष्ट्रियसभा सदस्यको निर्वाचन प्रदेशमै गरेको निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको हालको योजनामा परिवर्तनको सम्भावना नरहेको जनाएको छ ।

प्रदेशहरुलाई बिहीवार ’थप खर्च पठाइने’

आयोगका प्रवक्ता नवराज ढकालले भने, ‘प्रदेशमै निर्वाचन गर्ने बारेमा छलफल भएको हो। तर मतदाताको संख्या न्यून भएका कारण सुरक्षा र प्रविधिका हिसाबले प्रदेशमै निर्वाचन गर्नु अव्यावहारिक हुने भएकाले केन्द्रमै गर्न लागिएको हो ।’ फागुन २९ गतेका लागि राष्ट्रपतिको निर्वाचनको मिति तोकिएको छ भने त्यसको एक सातामै उपराष्ट्रपतिको पनि निर्वाचन हुने बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७