प्रधानमन्त्रीको आग्रह : धरहरा पुनर्निर्माण भएको खुशीयालीमा दीपावली गरौं


११ बैशाख २०७८, शनिबार
kp oli 6

काठमाडौं, ११ बैसाख । प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा पुनर्निर्माण भएको खुशीयालीमा दीपावली गर्न आग्रह गरेका छन् ।
पुनर्निर्मित धरहराको उद्घाटन समारोहमा बोल्दै ओलीले धरहरा पुनर्निमार्ण भएको अवसरमा काठमाडौंवासीले दीपावली गर्ने अपेक्षा राखे ।

‘आजको यो दिनमा कमसेकम आफ्नो घरमा दीपावली गरौं भनेर अनुरोध गर्छु’, उनले थपे, ‘धरहरा पुनर्निर्माण हुने रहेछ, रानीपोखरी बन्ने रहेछ, बन्यो । मेलम्चीको पानी आउने रहेछ आयो । वृहत टुँडिखेलको योजना बन्दै छ, त्यो पनि सफल हुन्छ ।’

उनले काठामाडौंलाई नयाँ स्वरुप दिने बताए । विश्वका मानिसलाई काठमाडौं आउँ आउँ जस्तो सहर बनाउने ओलीले प्रष्ट्याए । एक पटक घुमेर हुँदैन फेरि आउनु पर्छ जस्तो काठमाडौं बनाउने उनले बताए । धरहरामा परेर ज्यान गुमाएका परिवारहरुलाई यसमा सिर्जना हुने अवसरमा सहभागी गराउने उनले बताए । परिवारको एक जनालाई प्राथमिकताका साथ रोजगारी उपलव्ध गराउने उनको भनाई छ ।

देशलाइ चाहिने सामान आफै उत्पादन गर्ने दिशामा सरकार अघि बढेको ओलीले बताए । ‘जे चिज हामीलाई चाहिन्छ त्यो हामी आफै उत्पादन गर्नु पर्छ’, उनले भने, ‘टेलिभिजन हामी आफै किन उत्पादन नगर्ने । अहिलेसम्म हामी अरुको बजार बनेका छौं । कमाएको बाहिर पठाउँछौ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७